काठमाण्डौ । नेपालमा धितोपत्र दोस्रो बजारमा सेयर कारोबार गर्नेको संख्यामा वृद्धि भएको छ। धितोपत्र दोस्रो बजारमा कारोबार गर्नका लागि ५ लाख बढी सक्रिय लगानीकर्ताले ब्रोकर आइडी खोलेका छन्। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले उपलब्ध गराएको आकँडाअनुसार ब्रोकर आइडी खोल्ने सक्रिय लगानीकर्ताकोे संख्या ५ लाख ५० हजार ४०९ पुगेको छ।
जसमध्ये ३ लाख ७६ हजार २६१ जनाले भने अनलाइन कारोबारको सुविधा लिएका छन्। यी मध्ये १ लाख ९५ हजार ९८९ जना भने सक्रिय रुपमा अनलाइनबाट लगानी गरिरहेको नेप्सेले जनाएको छ।
अनलाइनबाट कारोबार गर्नका लागि लगानीकर्ताले सबैभन्दा टिएमएस नासा सेक्युरिटिजबाट लिएका छन्। नासा सेक्युरिटिजबाट ३६ हजार ३२७ जनाले अनलाइन कारोबार गरिरहेका छन्। त्यस्तै सानि सेक्युरिटिजबाट २६ हजार ००१, दिपशिखा धितोपत्र कारोबार १६ हजार ४२२, आर्यतारा इन्भेष्टमेन्ट सेक्युरिटिज १६ हजार २३२ र मिडास स्टक ब्रोकिङबाट १६ हजार ०६७ जनाबाट अनलाइन कारोबार गरिरहेका छन्।
अनलाइनबाट कारोबार गर्ने सक्रिय लगानीकर्ताको संख्यामा पनि नासा सेक्युरिटिज नै अग्रस्थानमा देखिएको छ। नासा सेक्युरिटिजबाट १७ हजार ९७७ जनाले अनलाइनबाट सक्रिय रुपमा लगानी गरिरहेका छन्। त्यस्तै यो सूचीमा दोस्रो स्थानमा सानि सेक्युरिटिज रहेको छ। जहाबाट १३ हजार १४८ जनाले अनलाइबाट सक्रिय रुपमा लगानी गरिरहेका छन्।