दोहोरो अंकले बढ्यो नेप्से, बीमातर्फ सानिमा जनरलको सेयरमूल्यमा सर्वाधिक उछाल

2021-04-29
दोहोरो अंकले बढ्यो नेप्से, बीमातर्फ सानिमा जनरलको सेयरमूल्यमा सर्वाधिक उछाल

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा हरियाली छाएको छ। आज जीवन बीमा उपसूचक १४२.८८ अंकले बढ्दै १६९२४.४८ को बिन्दुमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १२४.८ अंकले बढ्दै १२९१९.६७ बिन्दुको उचाईमा पुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज सानिमा जनरलको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। कम्पनीको सेयरमूल्य ४.०४ प्रतिशतले बढ्दै प्रतिकित्ता ७४७ रुपैयाँ कायम भयो। यस्तै आज प्रभु इन्स्योरेन्सको सेयरमूल्य ३.९६ र आइएमई जनरलको सेयरमूल्य ३.१७ प्रतिशतले बढ्यो। 

आज सबैभन्दा धेरै गुमाउने शीर्ष १२० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनी पर्यो। आज ज्योति लाइफको सेयरमूल्य १.०६ प्रतिशतले घट्दै प्रतिकित्ता ८४२ रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भयो। परिसूचक २५.८२ अंकले बढ्दै २६११.१० को बिन्दुमा पुग्यो। यो दिन बजारमा २१७ कम्पनीका ९८ लाख १८ हजार ०४६ कित्ता सेयर ४ अर्ब ३५ करोड ७० लाख १९ हजार २४९ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा दुईवटा समूह बाहेक अन्य सबै समूहमा हरियाली छायो। बैंकिङ समूह ७.५५ अंकले बढेको आज व्यापार समूह १२६.५४, विकास बैंक २७.३, हाइड्रोपावर ८०.२, वित्त ५.२३, उत्पादन तथा प्रशोधन १०३.६८, अन्य समूह ५०.७३, लघुवित्त ४४.३६ र म्युचुअल फन्ड ०.०१ अंकले बढ्यो। 
आज होटल एण्ड टुरिजम समूह २७.७७ र लगानी समूह ०.११ अंकले घटे। 

महिला लघुवित्त र सिंगटी हाइड्रोको सेयरमूल्यमा आज सर्वाधिक वृद्धि भयो। यी दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो। यस्तै आज विशाल बजारको सेयरमूल्य ९.९९, सान्जेन जलविद्युत कम्पनीको ८.५६, एनआरएन ७.३०, हिमालयन पावर पार्टनर ७.२९ र हिमालयन दोलखा हाइड्रोको सेयरमूल्य ५.७३ प्रतिशतले बढ्यो। 

आज श्री इन्भेष्टमेन्ट फाइनान्सको सेयरमूल्यमा सर्वाधिक अर्थात २.८२ प्रतिशतले घट्यो। 

यो दिन एनसीसी बैंकको सर्वाधिक सेयर कारोबार भयो। आज बैंकको ३० करोड ९६ लाख बढीको सेयर कारोबार भयो। यसैगरी शिवम् सिमेन्टको १८ करोड ७२ लाख, हिमालयन पावर पार्टनर १६ करोड ७३ लाख, अपर तामाकोशी १६ करोड ६४ लाख र नेपाल पुनर्बीमा कम्पनीको १४ करोड ७१ लाख बढीको सेयर कारोबार भयो।   

 


Share this with your friends: