काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ७८.८५ अंकले घट्दै १८१३४.६५ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २३ .४७ अंकले ओरालो लाग्दै १४१८१.२३ बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज सिद्धार्थ इन्स्योरेन्सको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। कम्पनीको सेयरमूल्य ५.३० प्रतिशतले बढ्दै प्रतिकित्ता १३५१ रुपैयाँ कायम भयो।
आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज सानिमा जनरलको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य १.८६ प्रतिशतले घट्यो।
बजारमा अरु क–के भयो ?
आज नेप्से परिसूचक सामान्य अंकको वृद्धिका साथ उकालो लाग्यो। परिसूचक ६.३७ अंकले बढ्दै २७८७.१८ बिन्दुको उचाईमा पुुग्यो। यो दिन बजारमा २१४ कम्पनीका २ करोड १ लाख ३३ हजार ६०२ कित्ता सेयर ९ अर्ब ३० करोड ५२ लाख २२ हजार ००४ रुपैयाँमा किनबेच भयो।
आज बजारमा ५ वटा समूहमा हरियाली छायो भने अन्य सबै समूहमा रातो पोतियो। आज विकास बैंक समूहमा सबैभन्दा धेरै उछाल आयो। विकास बैंक समूह ११३.४४ अंकले बढ्यो भने वित्त ८९.२६, बैंकिङ १७.३४, अन्य १.८ र म्युचुुअल फन्ड ०.०३ अंकले बढ्यो।
व्यापार समूह २२.६३ अंकले घटेको आज होटल एण्ड टुरिजम १८.८९, हाइड्रोपावर ४२.२५, उत्पादन तथा प्रशोधन ५६.८२, लघुवित्त १३.२३ र लगानी समूह ०.७५ अंकले घट्यो।
आज गुडविल फाइनान्स र मञ्जुश्री फाइनान्सको सेयरमूल्यमा सर्वाधिक अर्थात १० प्रतिशतको उछाल आयो। यस्तै समता घरलु लघुवित्तको सेयरमूल्य ९.९६, गोर्खाज फाइनान्स ९.८८, युनाइटेड इदी मर्दी ९.८७, जानकी फइनान्स ९.७७, गृहेश्वरी फाइनान्स ९.४५, मितेरी डेभलपमेन्ट बैंक ९.३५ र एक्सेल डेभलपमेन्ट बैंकको सेयरमूल्य ८.७८ प्रतिशतले घट्यो।
आज पाचथर पावर कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ६.५६ प्रतिशतले घट्यो। खानीखोला हाइड्रोपावरको सेयरमूल्य ४.७८, जोशी हाइड्रोवपावर ४.३३ र रुरु जलविद्युत कम्पनीको सेयरमूल्य ३.८५ प्रतिशतले घट्यो।
यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो। कम्पनीको ३४ करोड ७० लाख बढीको सेयर कारोबार भयो भने बैंक अफ काठमान्डूको ३४ करोड १ लाख, नेशनल लाइफ २४ करोड ४३ लाख, एनटीसी २४ करोड ११ लाख र सिभिल बैंकको २२ करोड ६९ लाख बढीको सेयर कारोबार भयो।