अन्तिम कारोबार दिन नेप्सेमा दोहोरो अंकको वृद्धि, पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार

2021-06-03
अन्तिम कारोबार दिन नेप्सेमा दोहोरो अंकको वृद्धि, पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज जीवन बीमा उपसूचक सामान्य अंकको वृद्धिका साथ उकालो लागेको छ। जीवन बीमा उपसूचक ५.१२ अंकले बढ्दै १८४०६.६३ बिन्दुको उचाइमा पुुगेको छ। यो दिन निर्जीवन बीमा उपसूचक ११२.६८ अंकले ओरालो लाग्दै १४७०३.१० बिन्दुमा सीमित भएको छ। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातफए आज एनएलजी इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो। कम्पनीको सेयरमूल्य २.८६ प्रतिशतले बढ्दै प्रतिकित्ता १२२४ रुपैयाँ कायम भयो। 

यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचक दोहोरो अंकले बढ्यो। परिसूचक २९.५५ अंकले बढ्दै २८५६.६७ बिन्दुको उचाइमा पुुग्यो। यो दिन बजारमा २१८ कम्पनीका ३ करोड ४६ लाख ९१ हजार ३१२ कित्ता सेयर १६ अर्ब ९० करोड ७० लाख २० हजार २८६ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा ९ वटा समूहमा हरियाली छायो भने अन्य सबै समूहमा रातो पोतियो। आज सबैभन्दा धेरै वृद्धि विकास बैंक समूहमा देखियो। विकास बैंक समूह १४६.०२ अंकले बढ्यो भने बैंकिङ ५०.२५, होटल एण्ड टुरिजम ११७.११, वित्त ६२.८५, उत्पादन तथा प्रशोधन ७१.२४, लघुवित्त ४०.३५, म्युचुुअल फन्ड ०.१९ र लगानी समूह ०.०७ अंकले बढ्यो। 

व्यापार समूह ९.६८ अंकले घटेको आज हाइड्रोपावर ६०.०३ र अन्य समूह १५.९१ अंकले घट्यो। 

आज मञ्जुश्री फइनान्स र महिला लघुवित्तको सेयरमूूल्यमा उछाल आयो। यी कम्पनीहरुको मूल्य १० प्रतिशतले बढ्यो। यस्तै गोर्खाज फइनान्सको सेयरमूल्य ९.६८, ग्रिन डेभलपमेन्ट बैंक ९.५५, साइन रेसुंगा डेभलपमेन्ट बैंक ७.९५ र लक्ष्मी बैंकको सेयरमूल्य ७.७४ प्रतिशतले बढ्यो। 

आज पञ्चकन्या माइहाइड्रोको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ५.९२ प्रतिशतले घट्यो। राधि विद्युत कम्पनीको सेयरुमूल्य ५.०६ , वरुण हाइड्रोको ४.८८ र घलेम्दी हाइड्रोका सेयरमूल्य ४.४१ प्रतिशतले घट्यो। 

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो। आज यो कम्पनीको ९८ करोड ११ लाख बढीको सेयर कारोबार भयो भने छिमेक लघुवित्तको ६८ करोड ५ लाख, लुम्बिनी विकास बैंक ३४ करोड ९२ लाख र नेपाल बंगलादेशको ३२ करोड ९४ लाख बढीको सेयर कारोबार भयो।   

 


Share this with your friends: