काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ५२.९८ अंकले बढ्दै १५१३४.४३ बिन्दुको उचाईमा पुुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १५.०५ अंकले बढ्दै १८२५६.४० बिन्दुमा पुुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनस्ले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज एनएलजी इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ४.६२ प्रतिशतले बढ्दै प्रतिकित्ता १३६० रुपैयाँ कायम भयो।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा सामान्य अंकको गिरावट आयो। परिसूचक १.२९ अंकले घट्दै २९६८.४३ बिन्दुमा सीमित भयो। यो दिन बजारमा २२३ कम्पनीका २ करोड ३ लाख ६५ हजार ६९९ कित्ता सेयर १० अर्ब ९० करोड ४९ लाख ५८ हजार ९३५ रुपैयाँमा किनबेच भयो।
आज बजारमा ६ वटा समूहमा हरियाली छायो भने अन्य सबै समूहमा रातो पोतियो। आज विकास बैंक समूहमा सबैभन्दा धेरै वृद्धि भयो। यो समूह ९४.२५ अंकले बढ्यो भने होटल एण्ड टुरिजम ३६.६, वित्त ३३.६६ रअन्य समूह २६.७२ अंकले बढ्यो।
बैंकिङ समूह १०.६ अंकले घटेको आज व्यापार १४.६७, हाइड्रो २.९५, उत्पादन तथा प्रशोधन ११.८४, लघुवित्त ६४.७४, म्युुचुुअल फन्ड ०.०४ र लगानी समूह ०.२१ अंकले घट्यो।
आज खानीखोला हाइड्रोपावरको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। कम्पनीको सेयरमूल्य ७.४२ प्रतिशतले बढ्यो। त्यस्तै नेपाल फाइनान्सको ५.६१, कर्णाली डेभलपमेन्ट बैंक ५.२३, सोल्टी होटल ५.१३, ग्रिन डेभलपमेन्ट बैंक ५.०४ र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य ४.७२ प्रतिशतले बढ्यो।
आज सिईडिबि हाइड्रोको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ६.५५ प्रतिशतले घट्यो।
यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो। कम्पनीको ७७ करोड ३७ लाख बढीको सेयर करोबार भयो भने नेशनल हाइड्रोपावर ३० करोड ३ लाख, नेपाल इन्स्योरेन्स २७ करोड ३९ लाख र निफ्राको २४ करोड ५४ लाख बढीको सेयर कारोबार भयो।