अन्तिम कारोबार दिन दोहोरो अंकले बढ्यो नेप्से

2021-07-22
अन्तिम कारोबार दिन दोहोरो अंकले बढ्यो नेप्से

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज निर्जीवन बीमा उपसूचक वृद्धि भएको छ। निर्जीवन बीमा उपसूचक ३८.७ अंकले बढ्दै १४४२०.९८ बिन्दुमा पुग्यो। आज जीवन बीमा उपसूचकमा भने गिरावट आएको छ। जीवन बीमा उपसूचक ३८.७९ अंकले घट्दै १७५५८.३९ बिन्दुमा झर्यो। 
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भयो। परिसूचक १८.७५ अंकले बढ्दै ३००४.३१ अंकले बढ्यो। यो दिन बजारमा २२२ कम्पनीका ५ करोड ९६ लाख ६४ हजार ०६२ कित्ता सेयर ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६१६ रुपैयाँमा किनबेच भयो। 

१३ वटा समूहमध्ये आज ५ वटा समूहमा मात्रै हरियाली छायो। आज वित्त समूहमा सबैभन्दा धेरै उछाल आयो। यो समूह ३८.२५ अंकले बढ्यो। यस्तै बैंकिङ समूह ३५.६४, हाइड्रोपावर २४.६ र म्युचुअल फन्ड ०.९२ अंकले बढ्यो। 

आज व्यापार समूहमा सबैभन्दा धेरै गिरावट आयो। यो समूह ८२.४६ अंकले घट्यो। होटल एण्ड टुरिजम १५.२३, विकास बैंक १४.९३, उत्पादन तथा प्रशोधन २१.६५, अन्य ११.४१, लघुवित्त १२.७३ र लगानी समूह ०.३ अंकले घट्यो। 

आज लक्ष्मी उन्नती कोष, सिईडिबि हाइड्रोपावर, ङादी हाइड्रोपावर कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। त्यस्तै पोखरा फाइनान्सको मूल्य ९.९५ र माउन्टेन हाइड्रोको सेयरमूल्य ९.९५ प्रतिशतले बढ्यो। 

आज हिमालयन पावर पार्टनरको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। यो कम्पनीको सेयरमूूल्य ४.०७ प्रतिशतले घट्यो। 

यो दिन कृषि विकास बैंकको सर्वाधिक सेयर कारोबार भयो। बैंकको आज ४६ करोड २७ लाख बढीको कारोबार भयो भने नेपाल बैंकको ३६ करोड ५ लाख र एनआईसी एशिया बैंक ३६ करोड ४ लाख बढीको सेयर कारोबार भयो।   

 


Share this with your friends: