काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज जीवन बीमा उपसूचक वृद्धि भएको छ । आज जीवन बीमा उपसूचक ३१.०५ अंकले बढ्दै १८२१३.३७ बिन्दुको उचाईमा पुग्यो । यो दिन निर्जीवन बीमा उपसूचक भने १२.२३ अंकले घट्दै १४६६२.४६ बिन्दुमा झर्यो ।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा यूनियन लाइफ इन्स्योरेन्सले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो । आज यूनियन लाइफको सेयरमूल्य ९.९९ प्रतिशतले बढदै प्रतिकित्ता ७७७ रुपैयाँ कायम भयो । यस्तै लुम्बिनी जनरलको सेयरमूल्य ४.६९ प्रतिशतले बढदै प्रतिकित्ता ९१५ रुपैयाँ कायम भयो ।
आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूूचीमा कुनै पनि बीमा कम्पनी परेनन् ।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भयो । परिसूचक १६.४१ अंकले बढ्दै ३१७९ बिन्दुको उचाईमा पुग्यो । यो दिन बजारमा २२५ कम्पनीका ३ करोड ६६ लाख ८ हजार ४६१ कित्ता सेयर १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार ११५ रुपैयाँमा कारोबार भयो ।
१३ वटा समूहमध्ये आज ७ वटा समूहमा हरियाली छायो भने अन्य ६ वटा समूहमा रातो पोतियो । आज विकास बैंक समूहमा सबैभन्दा धेरै वृद्धि भयो । यो समूह ३४४.४१ अंकले बढ्यो । यस्तै बैंकिङ समूह ८.९९, वित्त ३१.७७, उत्पादन तथा प्रशोधन ९९.२५, म्युचुअल फन्ड ०.०८ र लगानी समूह १.७१ अंकले बढ्यो ।
आज व्यापार समूहमा सबैभन्दा धेरै गिरावट आयो । यो समूह ५९.१७ अंकले घट्यो । होटल एण्ड टुरिजम समूह ३७.८४, हाइड्रो २४.०८, अन्य ९.१ र लघुवित्त समूह ५.६५ अंकले घट्यो ।
आज ६ वटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो । आज महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंक, माउन्टेन इनर्जी, रुरु जलविद्युत कम्पनी र जीवन विकास लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढ्यो ।
आज पाचथर पावर कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो । कम्पनीको सेयरमूल्य ३.९९ प्रतिशतले घट्यो ।
यो दिन अपर तामाकोशीको सर्वाधिक सेयर कारोबार भयो । आज कम्पनीको ६२ करोड ७९ लाख बढीको सेयर कारोबार भयो भने कामना सेवा विकास बैंक ५९ करोड ७४ लाख र साइन रेसुंगा डेभलपमेन्ट बैंकको ४८ करोड ८३ लाख बढीको सेयर कारोबार भयो ।