काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन् । आज जीवन बीमा उपसूचक ४६८.५७ अंकले बढ्दै १८२२२.०१ बिन्दुको उचाईमा पुग्यो । यो दिन निर्जीवन बीमा उपसूचक पनि ४५७.५७ अंकले बढ्दै १४७७५.७६ बिन्दुमा पुग्यो ।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा ६ वटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गरे । आज यूनाइटेड इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ६.३२ प्रतिशतले बढ्यो भने लुम्बिनी जनरलको ५.७८, जनरल इन्स्योरेन्स ५.७४, अजोड ५.३५, एनएलजी ४.९३ र प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य ४.८९ प्रतिशतले बढ्यो ।
यसैगरी सानिमा जनरलको सेयरमूल्य ४.७५, एभरेष्ट इन्स्योरेन्स ४.७४, सूर्या लाइफ ४.३९, सिद्धार्थ इन्स्योरेन्स ४.३८, प्रभु इन्स्योरेन्स ३.९०, आइएमई जनरल ३.८९, गुराँस लाइफ ३.६१ र सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य ३.६० प्रतिशतले बढ्यो ।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सुचीमा कुनै पनि बीमा कम्पनी परेनन् ।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो । परिसूचक १८.२४ अंकले घट्दै ३१८०.७८ बिन्दुमा सीमित भयो । यो दिन बजारमा २२९ कम्पनीका ३ करोड ९ लाख १२ हजार ६९७ कित्ता सेयर २० अर्ब ४९ करोड ९२ लाख १० हजार ७६७ रुपैयाँमा किनबेच भयो ।
१३ वटा समूहमध्ये आज ५ वटा समूहमा मात्रै हरियाली छायो । आज व्यापार समूह १८.७१, अन्य ३४.२२ र लघुवित्त ५०.६३ अंकले बढ्यो ।
बैंकिङ समूह १९.५५ अंकले घटेको आज होटल एण्ड टुरिजम ३०.०७, विकास बैंक १६२.४५, हाइड्रो १२३.३१, वित्त ७३.३१, उत्पादन तथा प्रशोधन १९.२८, म्युचुअल फन्ड ०.०१ र लगानी समूह ४.९२ अंकले घट्यो ।
आज जीवन विकास लघुवित्तको सेयरमूल्य सर्वाधिक बढ्यो । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो । त्यस्तै रिडी हाइड्रोपावरको सेयरमूल्य ८.५९, साना किसान विकास ७.५१ र सीईडीबी हाइड्रोपावरको सेयरमूल्य ६.९५ प्रतिशतले बढ्यो ।
आज तीनवटा कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो । एचआईडीसीएल, खानीखोला हाइड्रो र पन्चकन्या माईहाईड्रोको सेयरमूल्य १० प्रतिशतले घट्यो ।
यो दिन अरुण काबेलीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १ अर्ब १६ करोड बढीको सेयर कारोबार भयो भने अरुण भ्यालि हाइड्रोपावरको १ अर्ब १६ करोड र नेशनल हाइड्रोपावरको ८३ करोड २२ लाख बढीको सेयर कारोबार भयो ।