काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज जीवन बीमा उपसूचक वृद्धि भएको छ। जीवन बीमा उपसूचक ५९.३८ अंकले बढ्दै १६१८२.४९ बिन्दुमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक भने ६.३५ अंकले घट्दै १२९९७.११ बिन्दुमा सीमित भयो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज सानिमा लाइफको सेयरमूल्य ९.९९ प्रतिशतले बढ्दै प्रतिकित्ता ५४७ रुपैयाँ कायम भयो।
आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा झिनो अंकको गिरावट आयो। परिसूचक ०.६२ अंकले घट्दै २८७५.९७ बिन्दुमा सीमित भयो। यो दिन बजारमा २३० कम्पनीका १ करोड ४४ लाख ७४ हजार ८५५ कित्ता सेयर ७ अर्ब ५ करोड ७ लाख ७० हजार ०७० रुपैयाँमा कारोबार भयो।
१३ वटा समूहमध्ये आज ४ वटा समूहमा मात्रै हरियाली छायो। आज सबैभन्दा धेरै वृद्धि हाइड्रो समूहमा भयो। यो समूह ६२.७५ अंकले बढ्यो। त्यस्तै व्यापार समूह ०.६ र लगानी समूह ०.१७ अंकले बढ्यो।
आज लघुवित्त समूहमा सबैभन्दा धेरै गिरावट आयो। यो समूह ३६.४३ अंकले घट्यो। बैंकिङ समूह २.१७, होटल एण्ड टुरिजम ३.३१, विकास बैंक १२.०१, वित्त ३६.४३, उत्पादन तथा प्रशोधन २१.७२, अन्य २२.५१, लघुवित्त १७.८८ र म्युचुअल फन्ड ०.१६ अंकले घट्यो।
आज हिमालयन पावर पार्टनर कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो। कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। यसैगरी सानिमा लाइफ ९.९९, रैराङ हाइड्रोपावर ९.२२, घलेम्दी हाइड्रो ८ र माउन्टेन हाइड्रो नेपालको सेयरमूल्य ७.४१ प्रतिशतले बढ्यो।
आज रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्यमा सर्वाधिक अर्थात ५.२६ प्रतिशतको गिरावट आयो।
यो दिन रिडी हाइड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो। आज यो कम्पनीको ४९ करोड ३९ लाख बढीको सेयर कारोबार भयो। त्यस्तै अरुण भ्यालि हाइड्रोपावरको ४८ करोड ८५ लाख र रैराङ हाइड्रोपावरको ३३ करोड ६५ लाख बढीको सेयर कारोबार भयो।