अपर तामाकोशी हाइड्रोपावरले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् अजेन्डा

2021-09-13
अपर तामाकोशी हाइड्रोपावरले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् अजेन्डा

काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक डाकेको छ । कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १२ औँ र १३ औँ वार्षिक साधारण सभा डाकेको हो ।

बैठकले आगामी असोज १९ गते मंगलबारका दिन काठमाण्डौ दरबारमार्गमा रहेको नेपाल विद्युत प्रािधकरणमा भर्चुअल माध्यम जुम एपमार्फत सभा आयोजना गर्ने निर्णय गरेको होृ ।   

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने र आयोजना प्रभावित दोलखा जिल्लास्थित विभिन्न सामाजिक संस्थाहरु लगायत अन्य संस्थाहरुलाई आर्थिक वर्ष २०७६/७७ मा उपलब्ध गराइएका विभिन्न आर्थिक सहयोगहरु अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 

यस्तै सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७५/७६ र ७६/७७ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका विवरणहरुमाथि छलफल गरि पारित गरिनेछ । 

सभामा आर्थिक वर्ष २०७६/७७ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ । 

वार्षिक साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि कम्पनीले आगामी असोज ४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 


Share this with your friends: