काठमाण्डौ । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन) समक्ष निवेदन दिएको छ। कम्पनीले आईपीओ निष्कासनको माग गर्दै गत चैत १६ गते धितोपत्र बार्ड समक्ष निवेदन पेश गरेको हो।
स्थानिय र सर्वसाधारण गरी कम्पनीले दुई चरणमा आईपीओ निष्कासन गर्नेछ। पहिलो चरण अन्र्तगत आयोजना प्रभावित स्थानियका लागि आईपीओ निष्कासन गरिनेछ भने दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरिनेछ।
कम्पनीले दुवै चरण गरी कुल ३३ लाख ७ हजार ५ सय कित्ता आईपीओ निष्कासन गर्नेछ। यो आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ।