काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट बैशाख १९ गते हकप्रद निष्कासनको अनुमति प्राप्त गरेको हो।
कम्पनीले बोर्डबाट १ः०.२९३८ अनुपातमा हकप्रद निष्कासनका लागि अनुमति प्राप्त गरेको हो। अब कम्पनीले ५६ करोड ७० लाख रुपैयाँबराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ।
हकप्रद निष्कासनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा रहेको छ।