अपि पावरको हकप्रदमा आजदेखि आवेदन दिन सकिने

2022-04-08
अपि पावरको हकप्रदमा आजदेखि आवेदन दिन सकिने

काठमाण्डौ । अपि पावर लिमिटेडले आज(चैत २५ गते)देखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले विद्यमान चुक्तापूँजी २ अर्ब ७५ करोड ८९ लाख १५ हजार ५४५.७५ रुपैयाँको १ः०३९३६३२२९२६ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

हकप्रद निष्कासनका लागि कम्पनीले चैत १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले चैत १३ गतेसम्म कायम सेयरधनीहहरु मात्रै यो हकप्रदका लागि योग्य हुनेछन् । हकप्रद निष्कासनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा रहेको छ। हकप्रद निष्कासन आगामी २०७९ वैशाख १५ गते बन्द हुनेछ । लगानीकर्ताले मुक्तिनाथ क्यापिटलसँगै कम्पनीको काठमाण्डौको थापाथलीस्थित कार्यालय, मुक्तिनाथ विकास बैंकको इटहरी,पोखरा नागढुंगा, नाराणगढ, सुर्खेत, नेवालगंज, धनगढी, जनकपुरका साथै ग्लोबल आइएमई बैंक लिमिटेड शाखा कार्यालयहरु गोठालापानी–बैतडि,गोकुलेश्वर दार्चुला, खलंगा दार्चूला, डडेल्धुरा, महन्द्रनगर, धनगढी र अत्तिरियाबाट आवेदन दिन सक्नेछन् ।  

कम्पनीको हकप्रद सेयर निष्कासनको प्रस्तावलाई नेपाल धितोपत्र बोर्डले फागुन २६ गते स्वीकृती प्रदान गरेको थियो ।  


Share this with your friends: