आजसम्म कायम सेयरधनी अपि पावरको हकप्रदका लागि योग्य हुने

2021-05-11
आजसम्म कायम सेयरधनी अपि पावरको हकप्रदका लागि योग्य हुने

काठमाण्डौ । आजसम्म कायम सेयरधनी अपि पावर कम्पनी लिमिटेडको हकप्रदका लागि योग्य हुने भएका छन् ।  कम्पनीले हकप्रद प्रयोजनका लागि भोलि(वैशाख २९ गते) बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै हकप्रदका लागि योग्य हुनेछन्।

कम्पनीले १ः०.२९३८ अनुपातमा अर्थात ५६ लाख ७० हजार कित्ता हकप्रद जारी गर्दैछ। 

कम्पनीले आफ्नो तेस्रो परियोजना अपर चमेली हाइड्रोपावर(४० मेगावाट)निमांणका लागि हकप्रद जारी गर्न लागेको जनाएको छ। यो परियोजनाको कुल अनुमानित लागत ७४० करोड रुपैयाँ रहेको छ। कम्पनीले हकप्रद निष्कासनबाट कुल अनुमानित लागतको ३० प्रतिशत हिस्सा ओगट्नेछ। कम्पनीले पहिलो चरणमा हकप्रद जारी गरिसकेको छ। परियोजनाको बाँकी ७० प्रतिशत लागतका लागि ऋण लिइने कम्पनीले जनाएको छ। 
नेपाल धितोपत्र बोर्ड(सेबोन)ले कम्पनीलाई हकप्रद निष्कासनका लागि गत वैशाख १९ गते अनुमति दिएकोृ थियो। 

कम्पनीको हकप्रल निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। 

 


Share this with your friends: