अपि पावर कम्पनीको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरण तथा हकप्रद निष्कासनको प्रस्ताव पारित

2021-09-10
अपि पावर कम्पनीको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरण तथा हकप्रद निष्कासनको प्रस्ताव पारित

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको १८ औँ वार्षिक साधारण सभा आज(भदौ २५ गते)साउन ३२ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १८ औँ वार्षिक साधारण सभा काठमाण्ठौ थापाथलीमा रहेको कम्पनीको प्रधान कार्यालयमा भर्चुअलमाध्यम जुम एपमार्फत सम्पन्न भएको हो । 

उक्त सभामा कम्पनीको आर्थिक वर्ष २०७७/७८ को खुद मुनाफाबाट चुक्तापूँजीको १०.५ प्रतिशत बोनस सेयर र ०.५५ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव पारित गरिएको छ । यस्तै बोनस सेयर वितरणपश्चात कायम हुने चुक्तापूँजी रु.२७५.८९ करोडको १ बराबर ०.३९३६ का दरले हुने रु.१०८.६ करोड बराबरको हकप्रद जारी गर्ने प्रस्ताव पारित गरिएको छ । हकप्रद सेयर निष्कासनबाट प्राप्त रकम कम्पनीले निर्माण गरिरहेको ४० मेगावाट क्षमताको माथिल्लो क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनामा थप लगानी गरिनेछ ।  

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ । सभामा लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका विवरणहरुमाथि छलफल गरी पारित गरिएको छ। 


Share this with your friends: