काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिने समयावधि थप गरिएको छ । कम्पनीको हकप्रदमा आवेदन दिने समयावधि असार १३ गतेसम्मका लागि लम्बाइको हो ।
कम्पनीले गत वैशाख १९ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्कासनको अनुमति पाएपछि १ः०.२९३८ को अनुपातमा प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।
कम्पनीले हकप्रद निष्कासनका लागि गत वैशाख २९ गते एक दिनका लागि बुक क्लोज गरेको थियो। यसर्थ वैशाख २८ गतेसम्म कायम सेयरधनीहरुले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन्।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। मुक्तिनाथ क्यापिटलसँगै कम्पनीको काठमाण्डौको थापाथलीस्थित कार्यालय, मुक्तिनाथ विकास बैंकको इटहरी,पोखरा नागढुंगा, नाराणगढ, सुर्खेत, नेवालगंज, धनगढी, जनकपुरका साथै ग्लोबल आइएमई बैंक लिमिटेड शाखा कार्यालयहरु गोठालापानी–बैतडि,गोकुलेश्वर दार्चुला, खलंगा दार्चूला, डडेल्धुरा, महन्द्रनगर, धनगढी र अत्तिरियाबाट आवेदन दिन सकिनेछ ।
यसैगरी सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको शाखाकार्यलय र सीडीएससीको मेरो सेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ।
यो हकप्रद निष्कासनपश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ४९ करोड ६७ लाख ५६ हजार रुपैयाँ पुग्नेछ ।