अप्पर स्याङगे हाइड्रोपावरले डाक्यो वार्षिक साधारण सभा, आईपीओ निष्कासन मुख्य अजेन्डा

2021-09-19
अप्पर स्याङगे हाइड्रोपावरले डाक्यो वार्षिक साधारण सभा, आईपीओ निष्कासन मुख्य अजेन्डा

काठमाण्डौ । अप्पर स्याङगे हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको ५ औँ वार्षिक साधारण सभा डाकेको हो । 

बैठकले आगामी असोज २४ गते काठमाण्डौ चन्डोलमा रहेको कम्पनीको केन्द्रिय कार्यालयबाट अनलाइनमार्फत सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको सार्वजनिक धितोपत्र निष्कासन(आईपीओ)गर्ने बारे र सो अनुकुल प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने प्रस्ताव पारित गरिनेछ । 

यसैगरी आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ । 


Share this with your friends: