काठमाण्डौ । अब सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रिमियम आइएमई पेबाट पनि सजिलै भुक्तानी गर्न सकिने भएको छ । कोरोना महामारीको वर्तमानको अवस्थालाई मध्यनजर गर्दै कम्पनीले ग्राहकहरुको सुविधाका लागि आइएमई पेबाट पनि सजिलै प्रिमियम रकम तिर्न सकिने व्यवस्था गरेको जनाएको छ । आइएमई पेबाट सिटिजन लाइफको प्रिमियम भुक्तानी गर्ने प्रक्रिया निम्नानुसार रहेको छ ः
१. यसका लागि सबैभन्दा पहिले आइएमई मोबाइल एपमा लग इन गर्ने
२. लग इन गरेपछि फाइनान्सियल पेमेन्ट अन्तर्गत इन्स्योरेन्स प्रिमियममा जाने
३. त्यसपछि सिटिजन लाइफ इन्स्योरेन्समा जाने
४. तिर्नुपर्ने बीमाशुल्क देखिएपछि भुक्तानी गर्ने
कम्पनीले डिजिटल माध्यमबाट बीमाशुल्क भुक्तानी गरी सुरक्षित रहन आफ्ना ग्राहकरुलाई आग्रह गरेको छ ।