अभिकर्ता केन्द्रिय संघर्ष समितिद्वारा नेपाल लाइफमा नयाँ पोलिसी बिक्री बन्द

2022-01-03
अभिकर्ता केन्द्रिय संघर्ष समितिद्वारा नेपाल लाइफमा नयाँ पोलिसी बिक्री बन्द

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अभिकर्ताहरुको संगठन‘ अभिकर्ता केन्द्रिय संघर्ष समिति नेपाल लाइफ’ले नेपाल लाइफको नयाँ बीमा पोलिसी बिक्री बन्द गरेका छन् ।  संघर्ष समितिले नेपाल लाइफको अभिकर्ताहरुको जायज माग सम्बोधन नगरी बेवास्ता गरेका कारण कम्पनीको नयाँ बीमा पोलिसी बिक्री बन्द गरिएको अंघर्ष समितिले जनाएको छ । 

यसअघि समितिले माग पुरा नभएमा पुस १७ गतेदेखि नयाँ बीमालेख बन्द गरी कम्पनीले आयोजना गर्ने सम्पूर्ण कार्यक्रम बहिष्कार गर्ने चेतावनि दिएको थियो ।  

संघर्ष समितिले कम्पनीले बीमित र अभिकर्तामाथि पटकपटक ज्यादती गरेको र कम्पनीमा मेरुदण्ड मानिएका अभिकर्ताहरुको रोजीरोटीमाथि आघात पुर्याउने हिसाबले जिरो कोड तालिम सञ्चालन गरेको आरोप लगाएको छ । यस्तै अभिकर्ताले आउँदै आएको सेवासुविधालाइए एकलौटी ढंगले भंग गरी मनोमानी तरिकाले आफुखुसी लादिएको आरोप लगाइएको छ । यस विषयमा कार्यबाहक सीईओ सुशिल कुमार चौथरीले छलफल वा वार्ता गराउँछु र यसो गर्न नसकेमा स्वयम कम्पनीको सिस्टम बन्द गरी नयाँ बीमालेख रोक्छु भनी गरेको प्रतिवद्धता पुरा नगरेको संघर्ष समितिले जनाएको छ । यस्तै गत पुस १० गते व्यवस्थापन र सञ्चालकलाई नबोलाइकनै होटल मेची क्राउन धुलाबारी झापामा वार्ताका लागि बोलाई आफुहरुको उपहास गरेको समितिले जनाएको छ । 

सीईओको यो व्यवहारको घोर भत्र्सना गर्दै गत पुस १० गते नै बसेको अभिकर्ताको भेलाले पुस १६ गतेभित्र आफ्ना माग पुरा नभएमा कनै पनि बीमा पोलिसी बिक्री नगर्ने निर्णय गरेको थियो। 


Share this with your friends: