अरुण काबेलीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2020-11-26
अरुण काबेलीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ६ प्रतिशत लाभांस सुरक्षित गर्ने आज(मंसिर ११ गते) अन्तिम दिन रहेको हो। 

प्रस्तावित लाभांसमा बोनस सेयर ५.७१ प्रतिशत र ०.२९ प्रतिशत नगद लाभांश रहेका छन्।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि (मंसिर १२ गते) बाट मंसिर २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।

कम्पनीको १० औँ वार्षिक साधारण सभा आउँदो मंसिर २२ गते आयोजना हुन गइरहेको छ। 

 


Share this with your friends: