अरुण भ्यालि हाइड्रोपावरले डाक्यो साधारण सभा, यस्ता छन् अजेन्डा

2020-11-30
अरुण भ्यालि हाइड्रोपावरले डाक्यो साधारण सभा, यस्ता छन् अजेन्डा

काठमाण्डौ । अरुण भ्यालि हाइड्रोपावर डेभलेपमेन्ट कम्पनी लिमिटेडले वार्षिक सधारण सभा डाकेको छ। कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले २३ औँ वार्षिक साधारण सभा आउँदो पुस ८ गते बुधबार डाकेको हो। 

बैठकको निर्णय अनुसार उक्त सभा कम्पनीको थापाथली स्थित ट्रेड टावरको दोस्रो तलामा रहेको कम्पनीको सभाकक्षमा भर्चुअल माध्यम जुम एप मार्फत सञ्चालन हुनेछ। 

उक्त सभामा गत आर्थिक वर्ष २०७६/७७ का लागि चुक्तापुँजीको कुल ५.२६३ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने बोनस सेयर र ०.२६३ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) वितरणको प्रस्ताव गरिएको छ।

यस्तै २३ औँ वार्षिक साधारणसभाबाट लाभांश पारित गर्ने र सोही सभामा बोनस सेयरपछि कायम हुने चुक्तापुँजीको १ः०.५ अनुपातमा (अर्थात १० सेयरबराबर थप नयाँ ५ सेयर) जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। 

सभामा हकप्रद जारी गर्दा अन्य आवश्यक कुरामा फेरबदल गर्नुपरेमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिनुका साथै नयाँ परियोजनामा लगानी गर्ने सम्बन्धमा विशेष प्रस्ताव पेस गरिनेछ। 

उक्त सभाबाट आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गरिनेछ। यसैगरी लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका छलफल गरी पारित गरिनेछ। यसका साथै २०७७/७८ का लागि लेखापरिक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ। र, कम्पनीले निमार्ण गर्न लागेको ९.६ मेगावाटको माथिल्लो काबेली २ जलविद्युत आयोजनाका लागि ऋण स्विकृत गर्ने प्रस्ताव समेत पारित गरिनेछ।   

 


Share this with your friends: