अरुण भ्यालि हाइड्रोपावरको सेयरमूल्य समायोजन,प्रति कित्ता कति ?

2020-12-11
अरुण भ्यालि हाइड्रोपावरको सेयरमूल्य समायोजन,प्रति कित्ता कति ?

काठमाण्डौ । अरुण भ्यालि हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले गत आर्थिक वर्षका लागि प्रस्तावित बोनस सेयरका लागि कम्पनीको सेयरमूल्य समायोजन गरेको हो।

नेप्सेले अरुण भ्यालीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयरका लागि मूल्य समायोजन गर्दै प्रतिकित्ता २३४ रुपैयाँ कायम गरेको छ।

गत आर्थिक वर्ष २०७६/७७ का लागि कम्पनीले चुक्तापुँजीको कुल ५.२६३ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने बोनस सेयर र ०.२६३ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) वितरणको प्रस्ताव गरिएको छ। यस्तै २३ औँ वार्षिक साधारणसभाबाट लाभांश पारित गर्ने र सोही सभामा बोनस सेयरपछि कायम हुने चुक्तापुँजीको १ः०.५ अनुपातमा (अर्थात १० सेयरबराबर थप नयाँ ५ सेयर) जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। 

कम्पनीले आज (मंसिर २६ गते) बुक क्लोज गर्ने निर्णय गरेको छ।


Share this with your friends: