काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले कम्पनीलाई आज(फागुन २५ गते) हकप्रद निष्कासनको अनुमति प्रदान गरेको हो।
सेबोनले कम्पनीलाई १ः०.५ अर्थात ५० प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति प्रदान गरेको हो। अब कम्पनीले ५२ करोड ४१ लाख १९ हजार ७ सय रुपैयाँ बराबरको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद जारी गर्नेछ।
हकप्रद निष्कासनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा रहेको छ।
कम्पनीले सत्प्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव गरेको थियो। तर विद्युत नियम आयोगले कम्पनीलाई दुई चरणमा हकप्रद निष्कासन गर्न अनुमति दिएको थियो। अब कम्पनीले ५० प्रतिशत हकप्रद जारी गरेपछि दोस्रो चरणमा फेरी ५० प्रतिशत हकप्रद जारी गर्नेछ।