असार ८ गतेदेखि उपत्यकाका सबै बीमा कम्पनीहरु खुला हुने

2021-06-21
असार ८ गतेदेखि उपत्यकाका सबै बीमा कम्पनीहरु खुला हुने

काठमाण्डौ । काठमाण्डौ उपत्यकाका बीमा कम्पनीहरुका शाखा कार्यालयहरु असार ८  गतेदेखि खुला हुने भएका छन् । हिजो(असार ६ गते) बसेको उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो । 

कम्पनीहरुले न्यूनतम जनशक्तिका साथ स्वास्थ्य मापदण्डको पालना गरी शाखा कार्यालयहरु सञ्चालन गर्नु पर्नेछ ।  

उक्त बैठकले बीमा,बैंक, वित्तीय संस्था, धितोपत्र, रेमिट, सहकारी र गैर सहकारी संस्थाहरु स्वास्थ्य मापदण्ड पालना तथा न्यूनतम जनशक्तिबाट भिडभाड कम हुने गरी वैकल्पीक उपाय अबलम्बन गरी सञ्चालन गर्ने निर्णय गरेको छ । 

यसअघि सीमित कर्मचारीका साथ बीमा कम्पनीहरुका केन्द्रिय कार्यालयहरु मात्रै सञ्चालनमा रहदै आएका छन् । 

यससँगै उपत्याकामा जारी निषेधाज्ञा केहि खुकुलो पारिदैँ एक साता थपिएको छ । उपत्याकाका प्रमुख जिल्ला अधिकारीको आइतबार साँझ ५ बजे बसेको बैठकले असार ११ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । थपिएको निषेधाज्ञामा निजी सवारी साधन जोर–विजोर प्रणालीमा चलाउन पाइनेछ भने बार अनुसार पसल सञ्चालन गर्न पनि पाइनेछ ।

 


Share this with your friends: