काठमाण्डौ । साताको चौथो कारोबार दिन आज बीमा समूहहरुमा हरियाली छाएको छ। आज जीवन बीमा र निर्जीवन बीमा दुवै समूहमा उछाल आयो। आज १२ वटा समूहमध्ये सबैभन्दा धेरै वृद्धि निर्जीवन बीमा समूहमा भयो। आज निर्जीवन बीमा समूह ३१६.६९ अंकले उकालो लाग्दै ९८८५.७२ को उचाईमा पुग्यो।
जीवन बीमा समूह पनि आज १९०.४३ अंकले बढ्दै १११०४.६० को उचाईमा पुग्न सफल भयो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल रहे। नेपाल पुनर्बीमा कम्पनी र अजोड इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा बढ्दै पोजेटिभ सर्किट लाग्यो। आज नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य प्रतिकित्ता १२७४ रुपैयाँ कायम भयो भने अजोड इन्स्योरेन्सको ७१० रुपैयाँ।
आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्।
बजारमा अरु के–के भयो ?
अघिल्लो दिन १८ सय बिन्दु पार गरेको नेप्से परिसूचक अहिले सम्मकै उच्च बिन्दुको नजिक पुगेको छ। आज नेप्से परिसूचकमा ६४.७० अंकको उछाल आयो। उछाल आएसँगै नेप्से परिसूचक १८७४.८१ को बिन्दु चुम्न सफल भएको छ। यो दिन बजारमा १९८ कम्पनीका १ करोड ८८ लाख ४६ हजार १८१ कित्ता सेयर ६ अर्ब ८१ करोड ७७ हजार ७४ हजार ९९४ रुपैयाँमा कारोबार भयो।
आज होटल समूह बाहेक अन्य सबै समूहमा हरियाली छायो। बैंकिङ समूह ४०.४ अंकले बढेको यो दिन व्यापार १७९.९९, विकास बैंक २९.१८, हाइड्रोपावर २४.७८, वित्त १५.२८, उत्पादन तथा प्रशोधन ३००.३३, अन्य ९५.२१, लघुवित्त १०६.८६ र म्युचुअल फन्ड ०.१५ अंकले बढे।
आज १० कम्पनीको सेयरधनीहरु मालामाल भएका छन्। एनएमबी लघुवित्त, विशाल बजार कम्पनी र शिवम् सिमेन्ट्स १० प्रतिशतले बढेको छ भने नेपाल पुनर्बीमा कम्पनी, अजोड इन्स्योरेन्स, नेपाल टेलिकम, आँखुखोला जलविद्युत्, शिवश्री हाइड्रोपावर, ङदी ग्रुप पावर र मल्टीपर्पस फिनान्सको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लाग्यो।
यो दिन नेसनल हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ६ प्रतिशतको हाराहारीमा गिरावट आयो।
यो दिन नेको इन्स्योरेन्सको सर्वाधिक ४२ करोड २९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको २९ करोड ७९ लाख रुपैयाँबराबरको कारोबार भएको आज नबिल बैंकको २३ करोड ३९ लाख रुपैयाँ, नेपाल टेलिकमको १९ करोड ६८ लाख रुपैयाँ, नेपाल बैंकको १७ करोड २८ लाख रुपैयाँ, प्रभु बैंकको १६ करोड १ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १५ करोड ७४ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको १५ करोड ७१ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १४ करोड ४७ लाख रुपैयाँ र शिवम् सिमेन्ट्सको १३ करोड ९६ लाख रुपैयाँबराबरको कारोबार भयो।