काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा वृद्धि भएका छन्। आज जीवन बीमा समूह ९६.०१ अंकले बढ्दै १८५३३.७८ बिन्दुको उचाईमा पुुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ६४.१२ बढ्दै १४८२५.६७ बिन्दुको उचाइमा पुुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज अजोड इन्स्योरेन्सको सेयरमूल्य ४.६९ प्रतिशतले बढदै प्रतिकित्ता ९१६ रुपैयाँ कायम भयो।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचिमा कुनै पनि बीमा कम्पनी परेनन्।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि आयो। परिसूचक १२.५४ अंकले बढ्दै २८२७.९३ बिन्दुुको उचाईमा पुुग्यो। यो दिन बजारमा २१९ कम्पनीका ४ करोड २६ लाख ३६ हजार ३४८ कित्ता सेयर १७ अर्ब २ करोड ८४ लाख ३२ हजार २४५ रुपैयाँमा किनबेच भयो।
१३ वटा समूहमध्ये आज ७ वटा समूहमा हरियाली छायो भने अन्य सबै समूहमा रातो पोतियो। आज विकास बंक समूहमा उछाल आयो। विकास बैंक समूह २५५.२५ अंकले बढ्यो। यस्तै बैंकिङ समूह १९.९४, होटल एण्ड टुरिजम १३५.४४, वित्त ८३.९१ र म्युचुुअल फन्ड समूह ०.५५ अंकले बढ्यो।
आज अन्य समूहमा सबैभन्दा धेरै गिरावट आयो। अन्य समूह ५४.६४ अंकले घटेको आज व्यापार समूह ३२.६७, हाइड्रोपावर ०.६६, उत्पादन तथा प्रशोधन ५.३१, लघुवित्त ७४.४ र लगानी समूह ०.२७ अंकले घट्यो।
आज ज्योति विकास बैंकको सेयरमूल्य १० प्रतिशतले बढ्यो। यस्तै आखुखोला जलविद्युत ९.९६, घलेम्दी हाइड्रोपावर ९.९६, गुडविल फाइनान्स ९.९५ र लुम्बिनी पजकास बैंकको सेयरमूल्य ९.९४ प्रतिशतले बढ्यो।
आज वरुण हाइड्रोपावरको सेयरमूल्यमा सर्वाधिक अर्थात ६.५६ प्रतिशतको गिरावट आयो। हिमालयन उर्जाको सेयरमूल्य ६.२६, मिथिला लघुवित्त ५.४९ र माउन्टेन हाइड्रो नेपालको सेयरमूल्य ५.३१ प्रतिशतले घट्यो।
यो दिन नेपाल हाइड्रो डभलपर्सको सर्वाधिक सेयर कारोबार भयो। आज यो कम्पनीको ४७ करोड ४० लाख बढीको सेयर कारोबार भयो भने अरुण काबेली हाइड्रोपावर ४६करोड ९२ लाख र युनाइटेड मोदी हाइड्रोपावरको ४१ करोड ३१ लाख बढीको सेयर कारोबार भयो।