अहिले सम्मकै उच्च बिन्दुमा नेप्से, नेपाल पुनर्बीमाको सर्वाधिक कारोबार

2021-06-06
अहिले सम्मकै उच्च बिन्दुमा नेप्से, नेपाल पुनर्बीमाको सर्वाधिक कारोबार

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमाा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १२५.४० अंकले घट्दै १८२८१.२३ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ८३.२१ अंकले घट्दै १४६१९.७९ बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज हिमालयन जनरलको सेयर मूलयमा सर्वाधिक वृद्धि भयो। कम्पनीको सेयरमूल्य ६.९३ प्रतिशतले बढ्दै प्रतिकित्ता ८०२ रुपैयाँ कायम भयो। यस्तै नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य ६.२३ र एनएलजी इन्स्योरेन्सको सेयरमूल्य ५.३१ प्रतिशतले बढ्यो। 

आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचक दोहोरो अंकले बढ्यो। परिसूचक ५०.१३ अंकले बढ्दै अहिलेसम्मकै उच्च २९०६.८९ बिन्दुको उचाईमा पुुग्यो। यो दिन बजारमा २१८ कम्पनीका ३ करोड ७४ लाख ५५ हजार १८९ कित्ता सेयर १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५२५ रुपैयाँमा कारोबार भयो। कारोबार रकमका आधारमा समेत आज किर्तीमानी कारोबार भएको छ।

आज बजारमा ७ वटा समहूमा हरियाली छायो। विकास बैंक समूहमा आज सबैभन्दा धेरै वृद्धि भयो। यो समूह ९६.३१ अ्रकले बढ्यो भने बैंकिङ समूह ६९.८५, वित्त २७.७२, अन्य ६६.९४, लघुवित्त ४.२८, म्युचुुअल फन्ड ०.२४ र लगानी समूह ४.०३ अंकले बढ्यो। 

व्यापार समूह ४३.६८ अंकले आरालो लागेको होटल एण्ड टुरिजम १८.९८, हाइड्रोपावर ४६.८३ र उत्पादन तथा प्रशोधन समूह ६७.२८ अंकले घट्यो। 
आज महिला लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढ्यो। यस्तै गुडविल फाइनान्स ९.८९, लुम्बिनी विकास बैंक ९.८८, रिडि हाइड्रोपावर ९.८७, नेपाल बंगलादेश बैंक ९.०७, मितेरी डेभलपमेन्ट बैंक ८.९४ र पोखरा फाइनान्सको सेयरमूल्य ८.८९ प्रतिशतले बढ्यो। 

आज राधि विद्युत कम्पनीको सेयरमूल्यमा सर्जाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ८.५६ प्रतिशतले घट्यो। यसैगरी दिव्येश्वरी हाइड्रोपावरको सेयरमूल्य ६.९१, नारायणी डेभलपमेन्ट बैंक ५.९७, आखुँखोला जलविद्युत ५.४९ र युनियन हाइड्रोपावरको सेयरमूल्य ५.१४ प्रतिशतले घट्यो। 

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो। कम्पनीको १ अर्ब २१ करोड बढीको सेयर कारोबार भयो भने निफ्राको ८३ करोड ९० लाख, लुम्बिनी विकास बैंक ५४ कर।ोड ७५ लाख र कुमारी बैंकको ४६करोड ५७ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: