आँधिखोला लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

2021-06-25
आँधिखोला लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको असार १० गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको चौथो वार्षिक साधारण सभा डाकेको हो । 

बैठकले आगामी असार ३१ गते बिहिबारका दिन स्याङजामा रहेको होटल गाउँवेशी सभाहलमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त बैठकमा संस्थाले एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त गाभ्ने÷गाभिने, तथा प्राप्ति गर्ने वा प्राीप्त हुने प्रयोजनका लागि वित्तीय संस्थाको पहिचान गर्ने तथा यससम्बिन्ध सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 

यस्तै संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन भएको सोहि बमोजिम संसोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरिनेछ । सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आ.व २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यस्तै लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफल गारी पारि गरिनुका साथै आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षणका लासि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ । 

 


Share this with your friends: