आइएमई पेमार्फत भुक्तानी गर्दा २०% क्यासब्याक पाइने

2021-11-26
आइएमई पेमार्फत भुक्तानी गर्दा २०% क्यासब्याक पाइने

काठमाण्डौ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ को सेवाग्राही केन्द्रित योजना आजबाट सार्वजनिक गरिएको छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

उक्त अफरमा आइएमई पेमा दर्ता भएका सम्पूर्ण मोबाइल नम्बरहरु भाग लिन पाउनेछन्। यो एकपटकको वैध योजना हो, जसको अर्थ प्रतिप्रयोग १ क्यासब्याक हुनेछ। प्रयोगकर्ताले ३०० रुपैयाँसम्ममात्र २०% छुट पाउन सक्नेछन्। 

आइएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्डअन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैँले अथवा एजेन्टहरुको सहयोग लिएर मोबाइलमार्फत विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् ।  यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यूआरमार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बिलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ।  आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ सुविधा प्राप्त नेपालीलगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ।  मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ। 


Share this with your friends: