काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले हकप्रद निष्कासनको अनमति प्राप्त गरेको छ । कम्पनीले बीमा समीतिबाट ४० प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति पाएको हो।
कम्पनीको गत वैशाख १२ गते सम्पन्न २३ औँ वार्षिक साधारणसभा बाट चुक्तापुँजीको ४० प्रतिशत हकप्रद निष्कासन गर्ने मुख्य अजेन्डा पारित गरिएको थियो ।
कम्पनीले सञ्चालक समितिबाट पारित उक्त प्रस्ताव बीमा समितिमा पठाएकोमा समितिले हकप्रद निष्कासनका लागि अनमति दिएको हो। बीमा समितिको स्वीकृतिसँगै अब कम्पनीले सेयरधनीहरुका लागि १०ः४ को अनुपातमा हकप्रद निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिने तयारी समेत गरिरहेको छ ।
कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएको ७ प्रतिशत बोनस सेयरपश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब १५ करोड ७५ लाख रुपैयाँ पुगेको छ।
अब कम्पनीले बोनससेयर वितरणपशचात कायम चुक्तापुँजीको ४० प्रतिशत अर्थात ४६ करोड ३० लाख रुपैयाँको हकप्रद सेयर जारी गर्नेछ। हकप्रद जारीपश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ।