काठमाण्डौ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्कासनको मुख्य अजेन्डा सहित वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको वैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा आह्वान गरेको हो।
बैठकले आगामी जेठ ११ गते मंगलबारका दिन त्रिपुरेश्वरमा रहेको आफ्नो केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तथा सो निष्कासनबाट प्राप्त हुने रकम उपयोगको प्रस्ताव अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।
यस्तै सञ्चालक समितिको आ.व २०७५/७६ र २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा लेखापरीक्षकको प्रतिवेदन सहित आ.व २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाछि छलफल गरी पारित गरिनेछ।
यसैगरी आ.व २०७६/७७ र चालु आ.व २०७७/७८ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।