काठमाण्डौ । आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न सुपरमाई हाइड्र«ोपावर पब्लिक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन १२ गते बसेको सञ्चालक समितिको बैठकले सातौँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी भदौ ५ गते शनिबारका दिन कम्पनी रजिष्टर्डको कार्यालय बानेश्वरमा बिहान ११ बजे भर्चुअलमाध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा आईपीओ निष्कासन गर्ने विशेष प्रस्तावसहित सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आ.व २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यस्तै लेखापरीक्षणको प्रतिवेदनसहित २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनेछ ।
सभामा आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनुका साथै आ.व २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट साधारण सभा मितिमा कायम भएका सेयरधनीहरुलाई चुक्तापूँजीको ११.५० प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।