आईपीओ निष्कासनको मुख्य अजेन्डासहित हाथवे इन्भेष्टमेन्ट नेपालले डाक्यो वार्षिक साधारण सभा

2021-08-19
आईपीओ निष्कासनको मुख्य अजेन्डासहित हाथवे इन्भेष्टमेन्ट नेपालले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्तावसहित वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको साउन ३२ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १३ औा वार्षिक साधारण सभा डाकेको हो । 

बैठकले आगामी भदौ २५ गते शुक्रबारका दिन काठमाण्डौ लैनचौरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यम जुम मिटिङमार्फत सभा आयोजना गर्ने निर्णय गरेको छ । 

सभामा कम्पनीको वारी पूँजी १ अर्ब १७ करोड को १२.५ प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै सभामा चुक्तापूँजीको २५ प्रतिशत बोनस सेयर र ३० प्रतिशत नगद लाभांस गरी कुल ५५ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ । 

सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने १३ औँ वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । लेखापरीक्षककको प्रतिवेदन सहितको २०७७/७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाछि छलफल गरी पारित गरिनेछ ।  


Share this with your friends: