आईपीओ निष्कासन गर्दै ग्रीन भेन्चर कम्पनी

2020-11-10
आईपीओ निष्कासन गर्दै ग्रीन भेन्चर कम्पनी

काठमाण्डौ । ग्रीन भेन्चर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले प्रति शेयर एक सय रूपैयाँ अंकित दरको ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएको हो। 

कम्पनीले साधारण सेयर निश्कासनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमीटेडलाई सेयर निश्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। यसका साथै नेपाल एसबिआई  मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई कम्पनीको शेयर रजिष्ट्रारमा नियुक्त गर्ने सम्झौता समेत गरिएको छ । 

सम्झौता पत्रमा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र ग्रीन भेन्चर लिमिटेडको तर्फबाट सञ्चालक अध्यक्ष सुभाष चन्द्र संघईले हस्ताक्षर गरेका छन्।

 


Share this with your friends: