काठमाण्डौ । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड आईपीओ निष्कासनको अनुमति माग गर्दै धितोपत्र बोर्ड समक्ष पुगेको छ।कम्पनी गत माघ ८ गते आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा पुगेको हो ।
कम्पनीले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ सेयर निष्कासनका लागि अनुमति माग गरेको हो।कम्पनीले आयोजना प्रभावित र आम सर्वसाधारण दुवैका लागि आइर्एपीओ निष्कासनको माग गरेको हो।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ।