काठमाण्डौ । आई पे रेमिटले हरितालिका तीजलाई लक्षित गरी टिकटक च्यालेन्ज प्रतियोगिता आज भदौ १४ गतेबाट सुरु गरेको छ।
यस प्रतियोगितामा सहभागी हुन चाहने प्रतियोगीहरुले आई पे रेमिटको तीज गीतमा आफ्नो टिकटक भिडियो बनाई अपलोड गर्नुपर्ने कम्पनीले जनाएको छ। भदौ २४ गतेसम्ममा सञ्चालन हुने यस टिकटक च्यालेन्जमा सहभागी हुने एक भाग्यशाली प्रतियोगीले लक्की ड्रमार्फत बम्पर क्यास प्राइज रु. २० हजार जित्ने मौका पाउनेछन्।
यसका साथै यस च्यालेन्जमा सहभागी हुनेमध्ये दैनिक ५ जनाले लक्की ड्रमार्फत रु. ५०० को टपअप पाउनु हुनेछ भने सर्बाधिक लाइक आएको कुनै एक प्रत्योगिली नगद पुरस्कार रु. १०,००० जित्ने मौका पाउनेछन्। मलेसिया, जापानलगायत विश्वका विभिन्न मुलुकबाट रकम ल्याइरहेको आई पे रेमिटले रियल टाइम अकाउन्ट डिपोजिट सुविधा साथै नेपालभर छरिएर रहेको १२ हजारभन्दा भुक्तानी काउन्टरबाट ग्राहकलाई सुविधा दिँदै आइरहेको छ।