आई पे रेमिट र नेपाल पेमेन्ट सोलुसनबीच डिजिटल कारोबारमा सम्झौता

2021-06-25
आई पे रेमिट र नेपाल पेमेन्ट सोलुसनबीच डिजिटल कारोबारमा सम्झौता

काठमाण्डौ। आई पे रेमिट प्रालिले मलेशिया, जापानलगायत विश्वका विभिन्न मुलुकबाट सरल र सहज रुपमा रेमिट्यान्स कारोबार नेपाल भित्र्यारहेको छ। 

सम्झौतापत्रमा आई पे रेमिटका कार्यकारी निर्देशक इन्द्रप्रसाद शर्मा र नेपाल पेमेन्ट सोलुसनका कार्यकारी निर्देशक प्रताप श्रेष्ठले हस्ताक्षर गरेका छन्। 

रियल टाइम अकाउन्ट डिपोजिट सुविधा साथै नेपालका विभिन्न वालेटमा रियल टाइम टपअप सुविधामा नेपाल पेमेन्ट सोलुसनसँगको सम्झौतापछि झन् प्रभावकारी र गुणस्तरीय हुने आई पे रेमिटका बजार प्रमुख रुपनारायण श्रेष्ठले जानकारी गराए।

हालको परिस्थितिलाई मध्यनजर गर्दै अबका दिनहरुमा डिजिटल कारोबार नै वढी समयसापेक्ष हुने भएकाले कारोबारलाई पनि डिजिटल माध्यमा चुस्त राख्नका लागि विभिन्न डिजिटल कारोबार गर्ने संस्थाहरुसँग सहर्काय गरी अघि बढ्ने कम्पनीको प्रमुख उद्देश्यलाई मध्यनजर र्गदै आई पे रेमिट र नेपाल पेमेन्ट सोलुसनबीच डिजिटल कारोबारमा सम्झौता भएको बताइएको छ । 


Share this with your friends: