काठमाण्डौ । आखुँखोला जलविद्युत कम्पनी लिमिटेडले सेयर अभौतिकरण गर्न आग्रह गरेको छ । कम्पनीले संस्थापक सेयरधनी र आयोजना प्रभावित बासिन्दाका आधारमा सेयर प्राप्त गर्ने सेयरधनीहरुलाई सेयर अभौतिकरण गर्न आग्रह गरेको हो ।
आफ्नो सेयर अभौतिकरण नगरेका संस्थापक सेयरधनीहरुलाई आफ्नो पुरानो सर्टिफिकेट लिएर सिभिल क्यापिटल मार्केट सुन्धाराबाट नयाँ सेयर सर्टिफिकेट लिई आफ्नो निक्षेप सदस्य(डिपी)मा सम्पर्क गरी डीआरएन मार्फत सहज तरिकाबाट अभौतिकरण गर्न आग्रह गरिएको छ ।
यस्तै आयोजना प्रभावित बासिन्दाका आधारमा सेयर प्राप्त गर्ने सेयरधनीहरुलाई सिभिल क्यापिटल मार्केटमा सम्पर्क गरी सेयर सर्टिफिकेट लिई आफ्नो डीपीमा सम्पर्क गरी डीआरएनमार्फत सहज तरिकाबाट अभौतिकरण गर्न कम्पनीले आग्ह गरेको छ ।