काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा समूहमा हरियाली छाएको छ। आज जीवन बीमा समूह १५३.४५ अंकले बढ्दै १३२९८.८२ को बिन्दुमा पुग्यो। यो दिन निर्जीवन बीमा समूह पनि १४६.८ अंकले बढ्दै ९५३६.४७ को उचाईमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन््।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा समेत कुनै पनि बीमा कम्पनी परेनन्।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचक ४९.१७ अंकले बढ्दै २०६२.०६ को बिन्दुको उचाईमा पुग्यो। आज बजारमा २०८ कम्पनीका ९९ लाख १० हजार ०३ कित्ता सेयर ४ अर्ब ४४ करोड ६२ लाख २२ हजार ५७९ रुपैयाँमा किनबेच भयो।
आज बजारमा दुईवटा समूह बाहेक अन्य सबै समूहमा हरियाली छायो। बैंकिङ समूह ३०.५९ अंकले बढेको आज व्यापार १८२.२३, हाइड्रोपावर १४.३, वित्त १.६७, उत्पादन तथा प्रशोधन ३४८.२१, अन्य ७३.६८, लघुवित्त ८५.०८ र म्युचुअल फन्ड ०.१८ अंकले बढे।
आज होटल समूह र विकास बैंक समूह क्रमश १९.२८ र ०.७५ अंकले घटे।
आज चारवटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। साल्ट ट्रेडिङको सेयरमूल्यमा १० प्रतिशत र नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी र एभरेष्ट बैंकको सीपीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढेर पोजेटिभ सर्किट लागेको हो। यो दिन मल्टीपर्पस फाइनान्सको सेयरमूल्यमा ९ प्रतिशतले बढ्यो ।
आज नारायणी डेभलपमेन्ट बैंकका सेयरधनीहरुले धेरै गुमाए। यो बैंकको सेयरमूल्यमा १० प्रतिशतको गिरावट आएर नेगेटिभ सर्किट लाग्यो।
आज शिवम् सिमेन्ट्सको सर्वाधिक ३४ करोड ४४ लाख रुपैयाँ बढीको कारोबार भयो। एनआईसी एसिया बैंकको ३२ करोड २३ लाख रुपैयाँ बढीको कारोबार भएको आज हिमालयन डिस्टिलरीको २८ करोड ६७ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको २७ करोड ५४ लाख रुपैयाँ, नबिल बैंकको २६ करोड १६ लाख रुपैयाँ, नेपाल टेलिकमको २० करोड २१ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकको १५ करोड ४ लाख रुपैयाँ, एनसीसी बैंकको १३ करोड ४९ लाख रुपैयाँ, नेपाल बैंकको ११ करोड ७९ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको ११ करोड ७६ लाख रुपैयाँबराबरको कारोबार भयो।