काठमाण्डौ । आजदेखि धितोपत्र दोस्रो बजारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को नियमित सेयर कारोबार खुलेको छ । आज प्रि ओपन सेसनमा प्रतिकित्ता ३४० रुपैयाँमा कारोबार भएसँगै बैंकको नियमित समयमा कारोबार खुलेको हो । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले पहिलो कारोबारका लागि प्रतिकित्ता रु.११३.६२ देखि रु.३४०.८६ निर्धारण गरेको थियो ।
बैंकले गत माघ २ गतेदेखि ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्कासनको बिक्री खुलाएको थियो । कुल ८ करोड कित्तामध्ये ०।२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फण्डहरुका लागि आरक्षण छुट्याइएको थियो। सर्वसाधारणका लागि भने ७ करोड ५८ लाख ४० हजार कित्ता छुट्याइएको थियो।
नियमित सेयर कारोकार खुलेसँगै आज बैंकको सेयरमूल्यमा पोजेटिभ सक्रिट लागेको छ । बैंकको सेयरमूल्य १० प्रतिशतले बढ्दै प्रतिकित्ता ३७४ रुपैयाँ कायम भएको छ ।