काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज निर्जीवन बीमा समूह वृद्धि भएको छ। आज यो समूह ५७.९१ अंकले बढ्दै ९८१८.८५ को बिन्दुमा पुग्यो। अघिल्लो कारोबार दिन पनि यो समूहमा ५२.४७ अंकले बढेको थियो।
आज जीवन बीमा समूह भने ओरालो लागेको छ। आज यो समूह ४६.६७ अंकले घट्दै १३८९९.४२ को बिन्दुमा सीमित बन्यो। अघिल्लो कारोबार दिन पनि यो समूह ७६.३९ अंकले घटेको थियो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा प्रभु लाइफ इन्स्योरेन्स कम्पनी रह्यो। यो दिन कम्पनीको सेयरमूल्य ८.९७ प्रतिशतले बढ्दै प्रतिकित्ता १५८ रुपैयाँ कायम भयो। आज अर्काे बीमा कम्पनी युनाइटेड इन्स्योरेन्सको सेयरमूल्य ५ प्रतिशतले बढ्दै प्रतिकित्ता ५०४ रुपैयाँ कायम भयो।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा भने कुनै पनि बीमा कम्पनी परेनन्।
बजारमा अरु के–के भयो ?
आज बजारमा ३ वटा समूहमा मात्रै हरियाली छाएको छ। आज निर्जीवन बीम समूह ५७.९१, हाइड्रोपावर ५०.५९ र विकास बैंक २.९३ अंकले बढे।
आज सबैभन्दा धेरै गिरावट व्यापार समूहमा आयो। आज यो समूह १४६.५७ अंकले घट्यो भने बैंकिङ ९.२३, होटल २०.९५, वित्त १.९५, उत्पादन तथा प्रशोधन १६.६५, अन्य ५.६६, लघुवित्त ५.९४ र म्युचुअल फन्ड ०.०३ अंकले घटे।
आज जनता सामूदायिक लघुवित्तको सेयरमूल्यमा सर्वाधिक बढोत्तरी आयो। कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढ्यो भने नारायणी विकास बैंक ९.८७, हिमाल दोलखा ९.८४, रिडी हाइड्रोपावर ९.६६ र जोशि हाइड्रोपावरको सेयरमूल्य ९.३५ प्रतिशतले बढ्यो।
आज साल्ट ट्रेडिङका लागनीकर्ताले सर्वाधिक गुमाए। कम्पनीको सेयरमूल्य ६.१६ प्रतिशतले ओरालो लाग्यो। यस्तै हिमालयन डिस्टलरीको सेयरमूल्य २.७५ प्रतिशत, विशाल बजार कम्पनी २.६३, नेशनल माइक्रोफाइनान्स २.५८ र आईसीएफसी फाइनान्सको सेयरमूल्य २.२५ प्रतिशतले घट्यो।
आज सर्वाधिक सेयर कारोबार गर्ने कम्पनीको रुपमा शिखर इन्स्योरेन्स कम्पनी रह्यो। यो दिन कम्पनीको ६९ करोड ६ लाख बढीको सेयर कारोबार भयो। यसैगरी नेपाल लाइफको २५ करोड ९० लाख बढी, नेपाल पुनर्बीमाको २५ करोड ३५ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकको २० करोड ६७ लाख र एनआईसी एशिया बैंकको १६ करोड ३९ लाख बढीको सेयर कारोबार भयो।