काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक ५१९.४६ अ.कले घट्दै १२९७६.७८ बिन्दुमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि ५११.७८ अंकले ओरालो लाग्दै १६०२९.७६ बिन्दुमा झर्यो।
आज सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य ९.९७ प्रतिशतले घट्दै प्रतिकित्ता ३७३ रुपैयाँ कायम भयो।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। यो कम्पनीको सेयरमूल्य ७.३९ प्रतिशतले घट्दै प्रतिकित्ता ७२० रुपैयाँ कायम भयो। त्यस्तै नेपाल इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ६.२२, प्रुडेन्सियल इन्स्योरेन्स ६.१७, हिमालयन जनरल ५.०८, प्रिमियर इन्स्योरेन्स ४.६३ र सूर्या लाइफको सेयरमूल्य ४.६२ प्रतिशतले घट्यो।
बजारमा अरु के–के भयो ?
सेयर बजारको पहिरो आज पनि थामिएन। आज नेप्से परिसूचक १०८.२६ अंकले घट्दै २८१८.७२ बिन्दुमा सीमित भयो। यो दिन बजारमा २२३ कम्पनीका २ करोड ३० लाख ७९ हजार ८३२ कित्ता सेयर ११ अर्ब २४ करोड ३ लाख ९१ हजार ४५ रुपैयाँमा किनबेच भयो। परिसूचक ५ प्रतिशतले घट्दै आज १ बजेदेखि ४० मिनेटका लागि सेयर कारोबार रोक्का भएको थियो।
आज सबै समूहमा गिरावट आयो। बैंकिङ समूह ४४.५१ अंकले घटेको आज व्यापार २१६.६४, होटल एण्ड टुरिजम १६१.२, विकास बैंक ३९४.८, हाइड्रोपावर २१६.९५, वित्त २३९.०८, उत्पादन तथा प्रशोधन १७५.३२, अन्य ८३.१५, लघुवित्त १६२.९५, म्युचुअल फन्ड ०.३१ र लगानी समूह ४.८५ अंकले घट्यो।
आज सानिमा लाइफको सेयरमूल्यमा सर्वाधिक अर्थात ९.९७ प्रतिशतको उछाल आयो। त्यस्तै मनकामनास्मार्ट लघुवित्तको सेयरमूल्य ४.०२ र गुराँस लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १.९४ प्रतिशतले बढ्यो।
आज १३ वटा कम्पनीको सेयरमूल्यमा नकारात्मक सक्रिट लाग्यो। नायायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, वेष्ट फाइनान्स कम्पनी, गुडविल फाइनान्स, जानकी फाइनान्स, समृद्धि फाइनान्स, आईसीएफसी फाइनान्स,रिलायन्स फाइनान्स, अरुण काबेली पावर, युनिभर्सल पावर कम्पनी, हिमालयन उर्जा विकास, रुरु जलविद्युत कम्पनी र सिईडिबि कम्पनीको सेयरमूल्य १० प्रतिशतले घट्यो।
यो दिन अरुण भ्यालि कम्पनीको सर्वाधिक अर्थात ७० करोड ३३ लाख बढीको सेयर कारोबार भयो। त्यस्तै हिमालयन डिस्टिलरी ३० करोड १९ लाख र नेपाल बैंक लिमिटेडको ३५ करोड ३१ लाख बढीको सेयर कारोबार भयो।