आजबाट सबै बीमा कम्पनीहरु एक तिहाई कर्मचारीबाट सञ्चालनमा, यस्ता छन् अन्य व्यवस्था

2020-08-20
आजबाट सबै बीमा कम्पनीहरु एक तिहाई कर्मचारीबाट सञ्चालनमा, यस्ता छन् अन्य व्यवस्था

काठमाण्डौ । आजबाट सम्पूर्ण बीमा कम्पनीहरुले एक तिहाई कर्मचारीबाट दैनिक कार्यालय सञ्चालन गरिरहेका छन्। हिजो बुधबार नियामक निकाय बीमा समितिले देशका सम्पूर्ण बीमा कम्पनीहरुलाई स्थानिय प्रशासनले घोषणा गरेको निषेधाज्ञा अवधीमा एक तिहाई कर्मचारीबाट कार्यालयको दैनिक काम कारवाहि गर्न भन्दै पाचँ बुँदे निर्देशन जारी गरेको थियो। यहि निर्देशन बमोजिम आज सबै बीमा कम्पनीहरु एक तिहाई कर्मचारी सहित सेवा सञ्चालन गरिरहेका छन्। 

समितिले बीमा कम्पनीहरुलाई आफ्ना कर्मचारीहरुलाई अनिवार्य रुपमा फोटो सहितको परिचयपत्र साथमा लिई हिड्ने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ। 

यस्तै समितिले निषेधाज्ञाको समयमा बीमा अवधि समाप्त भएको बीमा लेखको हकमा सम्बन्धित बीमितको अनुरोध विद्युतिय माध्यमबाट प्राप्त समेतका आधारमा बीमालेख नवीकरण गर्ने व्यवस्थालाई भदौ १५ गते सम्म रहने व्यस्था गरेको छ। 

बीमा समितिले निषेधाज्ञा अवधि भित्र तिर्नुपर्ने जीवन बीमा प्रिमियमलाई भदौ महिनाको १५ गते सम्म कायम रहने व्यवस्था गरेको छ। यसका साथै भदौ महिनाको १५ गते सम्म बीमा शुल्क बुझाउदा त्यसमा ब्याज नलाग्ने व्यवस्था मिलाइएको छ। 

समितिले बीमा अभिकर्ता र सर्भेयरको ईजाजतपत्र नवीकरणको म्याद भदौ मसान्त सम्म थप्ने निर्णय समेत गरेको र सो बापत जरीवाना नलाग्ने जनाएको छ। 

 


Share this with your friends: