आजसम्म कायम सेयरधनीहरु नारायणी डेभलपमेन्ट बैंकको हकप्रदका लागि योग्य हुने

2021-12-09
आजसम्म कायम सेयरधनीहरु नारायणी डेभलपमेन्ट बैंकको हकप्रदका लागि योग्य हुने

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयरका लागि योग्य हुने आज(मंसिर २३ गते)अन्तिम दिन रहेको छ । बैंकको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासनका लागि भोलि मंसिर २४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरुमात्रै बैंकद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् । 

बैंकले आगामी पुस ७ गते विद्यमान चुक्तापूँजी १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँको १ः१ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।हकप्रद निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा रहेको छ। हकप्रद निष्कासन आगामी पुस २७ गते बन्द हुनेछ । लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल नक्साल काठमाण्डौ तथा नारायणी डेभलपमेन्ट बैंक केन्द्रिय कार्यालय तथा शाखा कार्यालयहरु रत्ननगर टाडीँ, वी पी.के.ए.क क्यान्सर हस्पिटल भरतपुर, भरतपुर शाखा भरतपुर र हाकिमचोक चितवन र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।   

बैंकले नेपाल धितोपत्र बोर्ड९सेबोन०बाट गत मंसिर ३ गते हकप्रद निष्कासनका लागि अनुमति पाएको थियो ।    


Share this with your friends: