काठमाण्डौ । छ्याङदी हाइड्रोपावर लिमिटेडको हकप्रदका लागि योग्य हुने आज अन्तिम अवसर रहेको छ । कम्पनीले हकप्रद निष्कासनका लागि भोलि(पुस २१ गते) एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका(बुक कलोज)गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद सेयरका लागि योग्य हुनेछन् ।
कम्पनीले बोनस सेयर वितरण पश्चात कायम हुने चुक्तापुँजीको २९ करोड ७६ लाख ७५ हजार रुपैयाँको ३० प्रतिशत हकप्रद सेयर जारी गर्नेछ ।
कम्पनीले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट १०ः३ अनुपातमा हकप्रद निष्कासनका लागि अनुमति पाइसकेको छ ।