आजसम्म कायम सेयरधनीहरु कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रदका लागि योग्य हुने

2022-01-09
आजसम्म कायम सेयरधनीहरु कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रदका लागि योग्य हुने

काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रदका लागि योग्य हुने आज अन्तिम अवसर रहेको छ ।  बैंकले हकप्रद निष्कासनका लागि भोलि(पुस २६ गते) एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका(बुक कलोज)गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै बैंकद्वारा जारी गरिने हकप्रद सेयरका लागि योग्य हुनेछन् ।  

बैंकले विद्यमान चुक्तापूँजी २० करोड रुपैयाँको १ः१.५ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका ३० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

हकप्रद निष्कासनका लागि सिभिल क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा रहेको छ। हकप्रद निष्कासन आगामी माघ २७ गते बन्द हुनेछ । लगानीकर्ताले सिभिल क्यापिटल मार्केट सुन्धारा काठमाण्डौ, कर्पोरेट डेभलपमेन्ट बैंकको रजिष्टर्ड कार्यालय तथा शाखा कार्यालयहरु विरगंज १३ आर्दशनगर पर्सा, ड्राइपोर्ट पर्सा,विरगंज ३१ चोर्नी, विरगंज ८ बसपार्क तथा सि–आस्वाका सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।   


Share this with your friends: