आज पनि थामिएन बजारको ओरालो गति, बीमातर्फ पुनर्बीमाका लगानीकर्ताले सर्वाधिक गुमाए

2020-12-09
आज पनि थामिएन बजारको ओरालो गति, बीमातर्फ पुनर्बीमाका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज बीमा समूहहरुमा गिरावट आएको छ। आज जीवन बीमा समूह २७०.४६ अंकले घट्दै ११८७३.५७ मा सीमित बन्यो। यस्तै निर्जीवन बीमा समूह पनि २२५.१३ अंकले ओरालो लाग्दै ९३९२.०१ को बिन्दुमा सीमित बन्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमा कम्पनीहरुतर्फ आज सबैभन्दा धेरै वृद्धि आइएमई जनरल इन्स्योरेन्सको सेयरमूल्य भयो। आज यो कम्पनीको सेयरमूल्य १.८६ प्रतिशतले बढ्दै प्रतिकित्ता ६०१ रुपैयाँ कायम भयो। 

यसैगरी सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा नेपाल पुनर्बीमा कम्पनी रह्यो। आज यो कम्पनीको सेयरमूल्य ४.०५ प्रतिशतले घट्दै प्रतिकित्ता १५४० रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

अघिल्लो दिनको प्रदर्शनलाई निरन्तरता दिदैँ बजारमा आज पनि गिरावट आयो। आज नेप्से परिसूचक ३९.६० अंकले घट्दै १९५५.७५ को बिन्दुमा सीमित बन्यो। परिसूचकका साथै आज कारोबार रकम र कारोबार संख्यामा समेत गिरावट आएको छ। यो दिन बजारमा २०१ कम्पनीका १ करोड ८ लाख २१ हजार ९७२ कित्ता सेयर ४ अर्ब ७४ करोड ५६ लाख ४९ हजार २९२ रुपैयाँमा किनबेच भयो। 

आज हाइड्रो समूह बाहेक अन्य सबै समूहमा गिरावट आयो। आज हाइड्रो समूह २२.८९ अंकले उकालो लाग्यो। बैंकिङ समूह ३०.५९ अंकले घटेको आज व्यापार समूह ९९.२६, होटल ५९.९४, विकास बैंक २२, वित्त २.५८, उत्पादन तथा प्रशोधन ९८.५४, अन्य ४६.५८, लघुवित्त ६९.८ र म्युचुअल फन्ड ०.१५ अंकले घटे। 
आज दुईवटा कम्पनीका सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो दिन नारायणी डेभलपमेन्ट बैंक र सान्जेन जलविद्युत् कम्पनीको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा बढेर पोजेटिभ सर्किट लाग्यो।

यो दिन अरुण भ्याली हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्य ६ प्रतिशतको हाराहारीमा घट्यो। 

 आज नेपाल पुनर्बीमा कम्पनीकै सर्वाधिक ४२ करोड ४२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। माथिल्लो तामाकोशीको २५ करोड ९४ लाख रुपैयाँ बढीको कारोबार भएको यो दिन अरुण काबेली पावरको २३ करोड २१ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको २० करोड २६ लाख रुपैयाँ, रसुवागढी हाइड्रोपावरको १३ करोड ८ लाख रुपैयाँ, नेपाल बैंकको १२ करोड ७६ लाख रुपैयाँ, नेपाल टेलिकमको १२ करोड ४४ लाख रुपैयाँ, शिवम सिमेन्ट्सको १० करोड ७३ लाख रुपैयाँ, आईएमई जनरल इन्स्योरेन्सको १० करोड २४ लाख रुपैयाँ र नागरिक लगानी कोषको १० करोड १९ लाख रुपैयाँबराबरको कारोबार भयो।

 


Share this with your friends: