आज पनि थामिएन बजारको पहिरो, बीमातर्फ नेपाल पुनर्बीमाका लगानीकर्ता सर्वाधिक गुमाए

2021-06-21
आज पनि थामिएन बजारको पहिरो, बीमातर्फ नेपाल पुनर्बीमाका लगानीकर्ता सर्वाधिक गुमाए

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ४५१.११ अंकले घट्दै १७४९४.३४ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ४२९.६३ अंकले ओरालो लाग्दै १४४३२.०९ बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ६.६१ अंकले घट्दै प्रतिकित्ता १७५३ रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

आज पनि नेप्से परिसूचक भारी गिरावट आयो। परिसूचक ७१.०६ अंकले घट्दै २८३४.४० बिन्दुमा झर्यो। यो दिन बजारमा २२७ कम्पनीका २ करोड ३० लाख ११ हजार ८२० कित्ता सेयर ११ अर्ब ८४ करोड ५४ लाख ५४ हजार ६०४ रुपैयाँमा किनबेच भयो। 

आज पनि बजारका सबै समूहमा गिरावट आयो। बैंकिङ समूह ३४.२२ अंकले घटेको आज व्यापार २९.६३, होटल एण्ड टुरिजम १६५.८३, विकास बैंक २१०.२१, हाइड्रोपावर १५०.२४, वित्त १२०.२२, उत्पादन तथा प्रशोधन १७१.१९, अन्य ५४.६४, लघुवित्त १०५, म्युुचुुअल फन्ड ०.२१ र लगानी समूह ०.५२ अंकले घट्यो। 

आज नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। बैंकको सेयरमूल्य ९.९७ प्रतिशतले बढ्यो। त्यस्तै एचआईडीसीएलको सेयरमूल्य ४.३३ प्रतिशतले बढ्यो। 

आज पोखरा फाइनान्सको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ९.२६ प्रतिशतले घट्यो। युनिर्भसल पावर कम्पनीको मूल्य ९.१२, युनियन हाइड्रोपावर ८.८१, हिमाल दोलखा ८.६२, लिबटी इनर्जी ८.५२ र गृह्वेश्वरी मर्चेन्टको सेयरको ८.४२ प्रतिशतले घट्यो। 

यो दिन नेपाल पुनर्बीमाको सर्वाधिक सेयर कारोबार भयो। आज यो कम्पनीको १ अर्ब ३० करोड बढीको सेयर करोबार भयो भने एचआईडीसीएल ३१ करोड ७ लाख र सीआईटीको २९ करोड ६१ लाख बढीको सेयर कारोबार भयो।    

 


Share this with your friends: