काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज सबैभन्दा धेरै गिरावट निर्जीवन बीमा उपसूचकमा आयो। यो समूह ४२२.५३ अंकले घट्दै १४४६६.०३ बिन्दुमा झर्यो। यो दिन जीवन बीमा उपसूचक पनि ३५४.७४ अंकले झर्दै १७७२१.९४ बिन्दुमा सीमित भयो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा तीनवटा बीमा कम्पनी परे। बीमातर्फ आज जनरल इन्स्योरेन्सको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ५.६९ प्रतिशतले घट्दै प्रतिकित्ता ७४४ रुपैयाँ कायम भयो। त्यस्तै एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य ४.७६, प्रिमियर इन्स्योरेन्स ४.३९, पु्रडेन्सियल इन्स्योरेन्स ४.३७, लुम्बिनी जनरल इन्स्योरेन्स ४.२४ र यूनाइटेड इन्स्योरेन्सको सेयरमूल्य ३.८७ प्रतिशतले घट्यो।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक ४८.५२ अंकले घट्दै ३०७६.४४ बिन्दुमा झर्यो। यो दिन २२७ कम्पनीका १ करोड ९५ लाख ९९ हजार ०८९ कित्ता सेयर १२ अर्ब ९ करोड २१ लाख ३ हजार ५०४ रुपैयाँमा किनबेच भयो।
आज सबै समूहमा गिरावट आयो। बैंकिङ समूह २९.४७ अंकले घटेको आज व्यापार ४१.१९, होटल एण्ड टुरिजम ५१.३१, विकास बैंक १६५.५९, हाइड्रोपावर १३.४, वित्त २१.२९, उत्पादन तथा प्रशोधन १६२.६५, अन्य ३२.७२, लघुवित्त ५७.१, म्युचुअल फन्ड ०.१८ र लगानी समूह २.२२ अंकले घट्यो।
आज जीवन विकास लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले बढ्यो। त्यस्तै आईसीएफसी फाइनान्स ९.९९, माउन्टेन इनर्जी ७.६९ र दिव्यश्वरी हाइड्रोको सेयरमूल्य ३.२६ प्रतिशतले बढ्यो।
आज खानीखोला हाइड्रोको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले घट्यो।
यो दिन अरुण काबेली हाइड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो। आज कम्पनीको ४८ करोड ७१ लाख बढीको सेयर कारोबार भयो भने रिडी हाइड्रोपावर ४८ करोड ७० लाख, अरुण भ्यालि हाइड्रोपावर ४६ करोड ७१ लाख र नेशनल हाइड्रोपावरको ३६करोड २८ लाख बढीको सेयर कारोबार भयो।