काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक २७२.१४ अंकले घट्दै १४२९६.२२ बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १८८.५ अंकले ओरालो लाग्दै ११३४६.७६ बिन्दुमा सीमित भयो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भए। आज प्रिमियर इन्स्योरेन्स कम्पनीको सेयरमूल्य १.७३ प्रतिशतले बढ्दै प्रतिकित्ता ९९८ रुपैयाँ कायम भयो। त्यस्तै युनाइटेड इन्स्योरेन्सको सेयरमूल्य पनि ०.६८ प्रतिशतले बढ्दै प्रतिकित्ता ५७८ रुपैयाँ कायम भयो।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्।
बजारमा अरु के–के भयो ?
सेयर बजारमा आईरहेको गिरावट आज पनि थामिएन। परिसूचक ५५.९३ अंकले घट्दै २५७७.४९ बिन्दुमा सीमित भयो। यो दिन बजारमा २३२ कम्पनीका ८९ लाख ४८ हजार ९३७ कित्ता सेयर ४ अर्ब ११ करोड ३८ लाख १४ हजार २४६ रुपैयाँमा किनबेच भयो।
आज बजारमा सबै उपसूचकमा गिरावट आयो। बैंकिङ उपसूचक २९.२६ अंकले घटेको आज व्यापार ५६.६३, होटल एण्ड टुरिजम १०२.८२, विकास बैंक १३८.४१, हाइड्रोपावर १११.६१, वित्त ९७.१२, उत्पादन तथा प्रशोधन १०७.४५, अन्य ३३.९२, लघुवित्त ६९.३९, म्युचुअल फन्ड ०.१७ र लगानी उपसूचक ३.३३ अंकले घट्यो।
आज मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य ९.९७ प्रतिशतले बढ्यो।
आज गुह्वेश्वरी मर्चेन्ट बैंकिङको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ९.१९ प्रतिशतले घट्यो।
त्यस्तै यो दिन अपि पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भयो। आज कम्पनीको १५ करोड ६ लाख बढीको सेयर कारोबार भयो।